नेप्सेमा दोहोरो अंकको गिरावट, एक अर्ब २० करोडको कारोबार

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४ दशमलव ४४ अंकले घटेर एक हजार नौ सय ३८ दशमलव ६२ अंकमा कायम भएको हो ।

आजको कारोबारमा कूल दुई सय ५३ वटा कम्पनीका विभिन्न ३७ लाख १६ हजार ६ सय ८४ कित्ता शेयर एक अर्ब २० करोड २१ लाख ४१ हजारमा कारोबार भएका छन् ।

आजको कारोबारमा व्यापार समूह १० दशमलव ५७ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६९ दशमलव ४६ र लघुवित्त समूहको उपसूचक ६८ दशमलव ३५ अंकले घटेको छ ।

साथै बैंकिङ समूह नौ दशमलव ९४, विकास बैंक समूह २७ दशमलव २४, वित्त समूह १४ दशमलव १६, होटल तथा पर्यटन सात दशमलव ३९ र जलविद्युत् समूह नौ दशमलव ६९ अंकले घटेको छ । त्यसैगरी, लगानी समूह शून्य दशमलव ४३, उत्पादन तथा प्रशोधन समूह ३२ दशमलव ४२, म्युचुअल फन्ड शून्य दशमलव ०३, निर्जीवन बीमा समूह १७ दशमलव ०६ र अन्य समूह चार दशमलव १२ अंकले घटेका छन् ।

आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र शुभम् पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै पाँच दशमलव ९० अंकको गिरावट देखिएको छ ।

कारोबार रकमका आधारमा आज एनआइसी एसिया बैंकको सबैभन्दा धेरै १० करोड ३५ लाख २२ हजार बराबरको एक लाख ३८ हजार पाँच सय ९३ कित्ता शेयर किनबेच भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।