विराटनगरमा 'रोड टू आईपीओ' कार्यशाला

विराटनगरमा 'रोड टू आईपीओ' कार्यशाला

कोशी प्रदेशको राजधानी बिराटनगरमा पुँजी बजारमा कम्पनीको सहभागिता बढाउन तथा बजार विस्तारमा सघाउ पुर्याउने उद्धेश्यले 'रोड टू आईपीओ' कार्यशाला आयोजना भएको छ ।

एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्यान कोशी प्रदेश कमिटी र पायोनियर ल एसोसिएट्सको सहकार्यमा विराटनगरको बञ्जारा चोकमा रहेको होटल ह्यारिसन प्यालेसमा 'रोड टू आईपीओ' कार्यशाला सम्पन्न भएको हो ।

कोशी प्रदेशका कर्पोरेट हाउसेस, उत्पादन तथा प्रशोधन उद्योग तथा वास्तविक क्षेत्रहरूलाई आईपीओ निष्कासनको प्रक्रियामा चाहिने कानुनी र वित्तीय परामर्शका विषयमा सहजीकरण गराउन यस्तो कार्यशाला आयोजना गरेको आयोजकको भनाई छ ।

कार्यक्रममा पायोनियर ल एसोसिएट्सका म्यानेजिङ पार्टनर अनुपराज उप्रेती र एनआईबिएल एस क्यापिटलका डेपुटी जनरल म्यानेजर सचिन्द्र ढुंगानाले प्रस्तुती दिएका थिए ।

उक्त कार्यशालाले कानूनी पक्ष, संस्थागत सुशासन, पुँजी संरचना, आईपीओ मूल्य निर्धारण, आकार, समयरेखा र विधिहरूमा केन्द्रित रहेको आईपीओ सम्बन्धी ज्वलन्त उधाहरणहरुलाई उजागर गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ चैत २०७९, आइतबार १८ : ०७ बजे