विश्व लगानीकर्ता सप्ताह २०२३का अवसरमा प्रभु क्यापिटलले पुँजीबजार सम्बन्धमा युवा केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम गरेको छ।
कम्पनीले काठमाडौंको मैतिदेवीस्थित यूनिभर्सल कलेजका बीबीएमा अध्ययनरत विद्यार्थीका लागि आज चेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।
कलेजका ५० जनाभन्दा बढी विद्यार्थीहरु कार्यक्रममा सहभागी भएको कम्पनीले जनाएको छ ।
उक्त तालिम कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका योजना व्यवस्थापक सौगात पन्तले विद्यार्थीहरुलाई सेयर बजार, प्राथमिक तथा दोस्रो बजारसम्बन्धी आधारभूत कुराहरु, सेयर बजारमा दीर्घकालीन तथा अल्पकालीन लगानी गर्दा पाइने प्रतिफलसम्बन्धी विषयहरुमा प्रशिक्षण प्रदान गरेका थिए ।
प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया