नेप्सेमा दोहोरो अंकको सुधार, लघुवित्तको पहिरो अझै थामिएन्

0
Shares

यस साताको दोस्रो दिन सोमबार नेप्से सूचक दोहोरो अंकले बढेको छ । लगातार तेस्रो कारोबार दिनसम्म घटेको नेप्से सोमबार झण्डै एक प्रतिशतले बढेको हो ।

सोमबार नेप्से १७.७० अंकले बढेर एक हजार ९ सय ६ विन्दुमा पुगेको छ । आइतबार नेप्से २६.८७ अंकले घटेको थियो । नेप्से बढेसंगै कारोबार रकममा पनि सामान्य सुधार भएको छ ।

सोमबराको बजारमा एक अर्ब ३८ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १० करोड बढी हो । आइतबार एक अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका १६७ कम्पनीको शेयरमूल्य बढेको छ भने ४४ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आजको बजारमा सुपरमाइ हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४३०.१० रुपैयाँ पुगेको छ । यसका साथै एशियन हाइड्रोपावरको शेयरमूल्य ९।९९ प्रतिशतले बढेर प्रतिकित्ता ३९७ रुपैयाँ पुगेको छ भने कालिञ्चोक दर्शनको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १६२ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । राष्ट्र बैंकले लघुवित्तको लाभांश घटाइदिएपछि सेयर मूल्यमा उच्च गिरावट आएको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज ५ करोड ९० लाख भन्दा बढीको कारोबार भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।