सिटिजन्स बैंक धनगढी शाखाद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सुदूरपश्चिम प्रदेश अन्तर्गत धनगढी शाखाले आउदै गरेको १६ औं बार्षिकोत्सव लाई मध्यनजर गर्दै शनिबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । बैशाख ७ गते बैंकको बार्षिकोत्सव हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले गौरीगङ्गा नगरपालिका वडा नं ५ अण्डैया मा आयोजित शिविरमा करीब ३०० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथसाथैे आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरेको छ ।

शिविरमा अत्तरिया अस्पतालका डा आनन्द पाठक, डा अनिश कुमार शाह, डा सीता बम र डा धनसार जागरीको नेतृत्वमा रहेको टोलीले सुगर, प्रेसर सहित सामान्य स्वास्थ्य जाँच गरी विभिन्न रोगको चेकजाँच सहित आवश्यक स्वास्थ्य सुझाव दिए ।

बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । गाउँ गाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरिएको हो ।

निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता स्वास्थ्य शिविर प्रदेशका अन्य शाखाहरु मार्फत पनि संचालन गर्ने योजना रहेको जनाएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा निरनतर सहयोग गर्दै आइरहेको यस बकैंले आगामी दिनहरुमा अन्य सशक्त ढंगबाट अगाडि बढाउने योजना रहेको जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धनगढी शाखा सहित देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।