सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य दुई दिनमा ७९ रुपैयाँ घट्यो

0
Shares

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य पछिल्लो दुई दिनमा ७९ रुपैयाँले घटेको छ । मंगलबार ६४.१० रुपैयाँले घटेको कम्पनीको सेयरमूल्य बुधबार थप १४.९० रुपैयाँले घटेको हो ।

नेप्सेले सिद्धार्थ प्रिमियरको पहिलो कारोबारका लागि ६३७ रुपैयाँ ६१ पैसा भाउ तोकेको छ । सोही मूल्यलाई आधार मानेर मंगलबार कम्पनीको सेयर ६३८ रुपैयाँमा पहिलो कारोबार भएको थियो । मंगलबार ८.०३ र बुधबार २.६० प्रतिशतले सेयरमूल्य घटेको हो । मर्जरपछि खुलेको दुबै कारोबार दिन कम्पनीको सेयरमूल्य घटेर प्रतिकित्ता ५५९ रुपैयाँमा सीमित भएको छ ।

सिद्धार्थ र प्रिमियर इन्सयोरेन्सबीच मर्जर सम्पन्न भएपछि कम्पनीको सेयर चैत २१ गते मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा एसपीआईएल सिम्बोलमा कारोबारमा सुरु भएको हो ।

सिद्धार्थ र प्रिमियर सेयर स्वाप रेसियोका आधारमा कायम भएको २ करोड ८० लाख ६५ हजार ४९९ कित्ता सेयर चैत २० गते सोमबार सूचीकृत भएको थियो । साविकको सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच १:१ अनुपातमा मर्जर भएर फागुन १७ गतेदेखि एकीकृत कारोबार थालेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।