‘कुमारी सुनौलो योजना’ को इकाई खरिद गर्ने आज अन्तिम दिन

0
Shares

कुमारी क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष ‘कुमारी सुनौलो योजना’ को इकाई खरिद गर्ने आज अन्तिम दिन रहेको छ ।

चैत्र ९ गतेदेखि बिक्री खुला भएको योजनाको इकाई खरिदका लागि लगानीकर्ताले चैत्र २३ गते बिहीबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । योजनाको इकाई खरिदका लागि मेरो सेयरको मोबाइल एप, मेरो सेयर वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्  ।

लगानीकर्ताले न्युनतम १०० इकाई र अधिकतम ५० लाख इकाईको लागि आवेदन दिने सकिने व्यवस्था छ । यो खुलामुखी योजना भएकोले यसको निश्चित अवधि पनि हुँदैन । यस्तै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पनि सुचीकृत हुँदैन ।

योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १ अर्ब मूल्यको १० करोड इकाई निष्काशन गर्नेछ । सोमध्ये पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई सार्वजनिक निष्कासन गरिएको हो । बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरिद बिक्रीका लागि खुल्ला गरिने क्यापिटलले छ ।

कुमारी क्यापिटलले कुमारी सामुहिक लगानी कोष अन्तर्गत पहिलो पटक खुलामुखी योजना बिक्री खुला गरेको हो । हाल क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजना सञ्चालन गरिरहेको छ ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।