पूँजीगत लाभाकर, ब्रोकर कमिसन, डिपी चार्ज घटाउन सेयर लगानीकर्ताको माग

0
Shares

सेयर लगानीकर्ताले ब्रोकर कमिसन, डिपी चार्ज लगायतका शुल्क घटाउन नेपाल धितोपत्र बोर्ड समक्ष माग गरेका छन् ।

सेयर लगानीकर्ताहरुले सोमबारनेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई ज्ञापनपत्र बुझाउँदै १० बुँदे माग राखेका छन् ।

लगानीकर्ताहरुले ब्रोकर कमिसन ०.१५ प्रतिशत कायम गर्नपर्ने, डीपी चार्ज २५ बाट ५ रूपैयाँमा झार्नुपर्ने, पूँजीगत लाभकर अल्पकालीन लगानीकर्तालाई ७.५ प्रतिशतबाट ५ प्रतिशत तथा दीर्घकालीन लगानीकर्तालाई ५ प्रतिशतबाट ३ प्रतिशत कायम गर्नुपर्ने उनीहरुको माग छ ।

दोश्रो बजारमा हुने अस्वाभाविक उतार चढावलाई न्यूनीकरण गर्न मार्केट मेकर, मार्केट डिलर, धितोपत्र व्यापारी तथा संख्यागत लगानीकर्ताहरूलाई छिटो भन्दा छिटो बजार प्रवेशको वातावरण श्रृजना गर्नु पर्ने,अप्सन ट्रेडिङ, फयुचर मार्केट, इन्ट्रा डे र शर्ट सेलको कारोवार गर्ने व्यवस्था तत्काल लागु गर्न पनि आग्रह गरेका

भौतिक केवाईसीको अन्त्य, ब्रोकर कम्पनी मार्फत सुरु गर्ने भनिएको मार्जिन ल्यान्डिङ व्यवस्था अविलम्ब सुचारु गर्न, शेयर कर्जाको १२ करोडको नीतिलाई तत्काल खारेजी गर्न तथा शेयर कर्जाको भारित औषत दर १००% नै कायम गर्न माग गरेको छ ।

साथै उनीहरुले नयाँ स्टक, नया ब्रोकर र कमोडिटी एक्सचेञ्ज थप्ने प्रक्रिया यथासिघ प्रकृया लग्न समेत आग्रह गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।