लोक सेवा आयोगद्वारा प्राविधिक पदका लागि दरखास्त आह्वान (सूचनासहित)


लोक सेवा आयोगले प्राविधिक तथा स्वास्थ्य सेवा चौथौ पदका लागि कर्मचारी माग गरेको छ । आयोगले बुधबार सूचना प्रकाशित गरी उक्त पदका लागी दरखास्त आह्वान गरेको हो ।

आयोगका अनुसार उक्त पदको लागि बैशाख १९ गतेसम्म दरखास्त दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर बैशाख २६ गतेसम्म दरखास्त बुझाउन सकिने छ ।

आयोगका अनुसार प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर ५ सय रुपैयाँ बुझाउनुपर्नेछ । एकै सेवा\समूह\उपसमूहको पदका लागि समावेशी समूहतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि १५० रुपैयाँ सय थप दस्तुर बुझाउनुपर्ने आयोगले जनाएको छ ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन psconline1.psc.gov.np बाट दरखास्त दिन सक्ने छन् ।

उम्मेदवारले शैक्षिक योग्यता, तालिम, अनुभव, व्यवसाय अनुमति प्रमाणपत्र, समावेशी समूह खुल्ने कागजातलगायत सम्बन्धित विज्ञापनमा तोकिएका कागजपत्र अनलाईन दरखास्त प्रणालीको तोकिएको स्थानमा पीडीएफमा अपलोड गर्नु पर्नेछ । सबै उम्मेदवारले आफ्नो नागरिकताको प्रमाणपत्र स्क्यान गरी पीडीएफमा अपलोड गर्नु पर्नेछ ।  परीक्षा मिति पछि प्रकाशित गरिने जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।