मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँड हुँदै

0
Shares

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ आज चैत २९ गते बुधबार दिउँसो बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा दिउँसो साढे १ बजे सेयर बाँडफाँड गरिन लागिएको हो ।

कम्पनीको आईपीओमा मागभन्दा ११.११ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट हुनेछ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ गोलाप्रथाबाट १ लाख ३३ हजार ७३० जनाले मात्र हात पार्नेछन् । जसमध्ये भाग्यमानी दुई जनाले ११ कित्ताका दरले र १ लाख ३३ हजार७२८ जनाले १० कित्ताका दरले हात पार्नेछन् ।

अन्तिम दिनसम्मको तथ्याङ्क अनुसार कम्पनीको सेयर खरिद गर्न १३ लाख २५ हजार ८४७ जनाले कुल १ करोड ४७ लाख ३५ हजार ५३० कित्ताको लागि आवेदन दिएका छन् । यस तथ्याङ्क अनुसार कुल आवेदकमध्ये ११ लाख ९२ हजार ११७ जना आवेदनका हातखाली हुनेछ । जुन कुल आवेदकको ८९.९१ प्रतिशत हुन आउँछ ।

हाइड्रोपावरले चैत १९ गतेदेखि २२ गतेसम्म २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० लाख कित्ता आईपीओ जारी गरेको थियो । सोमध्ये ५ प्रतिशत अर्थात ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३२ हजार २८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १३ लाख ३७ हजार ३०२ कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए ।

कम्पनीले सोभन्दा अघि सर्वसाधारणलाई छुट्टाइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ५२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा स्थानीय बासिन्दाका लागि ७ लाख ६० हजार कित्ता छुट्टाएकोमा ६ लाख ७८ हजार ६०० कित्ता सेयर वितरण गरेको थियो । स्थानीय बासिन्दाका लागि अवितरित ८१ हजार ४०० कित्ता सेयर सर्वसाधारणमा थप गरी निष्कासन गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।