नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


 नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैशाख ४ गते सोमबार बुकक्लोज गर्दैछ ।

बुकक्लोज अनुसार आज बैशाख ३ गतेसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तको चैत १२ गते बसेको सञ्चालक समितिको बैठकले बैशाख १५ गते सभा बोलाउने निर्णय लिएको हो ।
सभाले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने रकमकोे बोनश शेयर जारि गरी संस्थाको चुक्ता पुँजी बढाउने विशेष प्रस्तावलाई पारित गर्ने छ ।

यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक बर्ष २०७८\७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण सहितको वित्तीय विवरणहरु, र वित्तीय संस्थाको आर्थिक बर्ष २०७९\८० को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।