मेन्छियाम हाइड्रोपावरको आइपीओ सर्वसाधारणका लागि बिक्री खुला, कस्तो छ कम्पनी ?


मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागी आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

त्यस मध्ये १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरि रित पुर्वक आवेदन प्राप्त ५ लाख ५ हजार ७८० कित्ता शेयर मात्रै वितरण भएको छ।

जारी पूँजीको २० प्रतिशत अर्थात १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको १० लाख ८५ हजार १६७ कित्ता शेयर मध्ये १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री गरीसकेको छ। यस्तै २ प्रतिशत अर्थात २२ हजार ४३९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ५६ हजार ९९ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरीएको छ। बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीको आएपीओमा २०८० साल बैशाख ४ गतेदेखि बैशाख ७ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । सो अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा भने ढिलोमा बैशाख १९ गतेसम्म आवेदन खुला रहनेछ । आईपीओमा न्यूनतम १० देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा एनआइसी एशिया क्यापिटल रहेको छ ।

कहाँबाट भर्न सकिन्छ ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको बारेमा

कम्पनीले संखुवासभा जिल्लामा ४.७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला–२ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी हाल परिक्षण उत्पादन सुरु भएको छ ।

आयोजना निर्माणको कुल लागत १ अर्ब ३१ करोड ९० लाख ७० हजार ४०८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २७ करोड ९४ लाख ६४ हजार ६९ रुपैयाँ रहेको छ । अधिकृत पूँजी ५५ करोड रूपैयाँ रहेको कम्पनीको जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रहेको छ ।
आयोजनामा गरिएको साधारण लगानी फिर्ता हुन ९.६४ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुन २७.३६ वर्ष लाग्नेछ । आयोजनाको विद्युत उत्पादन अनुमति २८ वर्ष बाँकी रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पछि कम्पनीको चुक्ता पुँजी ५४ करोड २५ लाख ८३ हजार रूपैयाँ कायम हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।