ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक समूहको ५ लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।
बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो । यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
आम सर्वसाधरणले भने यस पटकको लिलामीमा खरिद आवेदन दिन पाउनेछैनन् । संस्थापक सेयरधनीबाट उक्त सेयर बिक्री नभएको खण्डमा सर्वसाधाणको लागि खुल्ला गरिने छ ।
सेयर खरिद गर्न चाहनेले आज (बैशाख ४ गते) देखि ३५ दिनभित्र बैंकको रष्जिटार्ड कार्यालय कमलादी काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् ।सेयरको न्यूनतम बिक्री मूल्य १३५ रुपैयाँ तोकिएको छ । बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको सेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया