एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एपबाट स्मार्ट क्यूआर भुक्तानी सुरु


एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबिएल टच २४ बाट स्मार्ट क्युआर द्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ ।

एभरेष्ट बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैंकिङ्ग एप प्रयोग गरि स्मार्ट क्यूआरमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् ।

यो सेवा सुरुवात भएसँगै एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ताले भाट भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगाएत स्मार्ट क्यूआर नेटवर्कमा आबद्ध २ लाख भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकहरुले भुक्तानी गरे लगत्तै रकम सिँधै एभरेष्ट बैंकको खातामा जम्मा हुने सुविधा भएको यस स्मार्ट क्युआर को सुविधाले बैंकमा खाता रहेका मर्चेन्टहरुलाई थप सुविधा पुग्ने विश्वास बैंकको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।