नबिल बैंकका ग्राहकलाई सामसुङका नयाँ मोडलका मोबाइल खरिदमा २ हजार क्यासब्याक

0
Shares

स्मार्टफोन सामसुङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए-३४ फाइभजी र ग्यालेक्सी ए-५४ फाइभजीको खरिद सीमित समयका लागि विशेष योजना सुरु गरेको छ ।

यस योजनाको लागि सामसुङले नबिल बैंकसँग अप्रिल एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । जसअनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्यालेक्सी ए-३४ र ग्यालेक्सी ए-५४ खरीद गर्दा दुई हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् ।

सामसङ ग्यालेक्सी ए-३४ फाइभजी र ग्यालेक्सी ए-५४ फाइभजी नेपाली बजारमा गत मार्च २९ २०२३ देखि उपलब्ध गराउन थालिएको हो र उपलब्ध भएदेखि नै तिनमा विद्यमान असाधारण पर्फर्मेन्स र अद्भुत विशेषताहरुको कारण मोबाइल बजारलाई तताइदिएको छ ।

यी दुबै मो डलहरुमा आश्चर्यजनक क्यामराहरु र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भने यी मोडलहरु अद्वितीय डिजाइनहरु एवं विविध रङ्गहरुमा उपलब्ध छन्, जसले ग्राहकलाई अतुल्य उत्पादनको अनुभूति दिलाएको छ ।

क्यासब्याक अफरका साथ ग्यालेक्सी ए-३४ फाइभजी र ग्यालेक्सी ए-५४ फाइभजी ग्राहकहरुका लागि अझ बढी सुलभ भएको छ । ग्राहकहरुले उनीहरुसँग भएको नबिल बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत् चुनिएका स्टोरहरु अथवा ब्राण्डका शोरुमहरुबाट ग्यालेक्सी ए-३४ फाइभजी र ग्यालेक्सी ए-५४ फाइभजी खरीद गर्दा क्यासब्याक अफरको फाइदा लिन सक्नेछन् । यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।