बेनेलीको ‘नयाँ सफर दमदार अफर’ मा ६० हजारसम्म छुट

0
Shares

बेनेली मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता केटीएम इन्टरनेशलन ट्रेडिङ प्रालिले ‘नयाँ सफर दमदार अफर’ ल्याएको छ ।

इटालीमा निर्मित विश्वभरमा बढी बिक्री हुने मोटरसाइकलले नयाँ वर्ष २०८० को अवसरमा यो अफर ल्याएको हो । यो अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागू हुने कम्पनीले जनाएको छ । यस अफरमा ग्राहकहरुले ६० हजार रुपैयाँसम्म छुट पाउन सक्छन् ।

यस अफरबाट तीनवटा फाइदा लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ३५ हजार रुपैयाँसम्मको नगद छुट, १२ हजार रुपैयाँबराबरको बेनेलीको हेल्मेट र एफवाई ०८०÷८१ को रोड ट्याक्स सहुलियत (सरकारी नियमअनुसार) तथा आकर्षक उपहारहरु पाउनेछन्।

बेनेली नेपालले टीएनटी १५, टीएनटी १५० आई, १८० एस, टीआरके२५१, ३०२ एस, टीएनटी६००आई, ७२५ एस मोडलका मोटरसाइकलहरु उपलब्ध गराउँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।