सनराइज बैंकको सवा १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


सनराइज बैंक लिमिटेडले १ लाख २२ हजार ४५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक सेयरधनी लिलादेवी खतानको नाममा रहेको १ लाख २२ हजार ४५ कित्ता सेयर सेयर बिक्रीमा ल्याएको हो । यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

आम सर्वसाधरणले भने यस पटकको लिलामीमा खरिद आवेदन दिन पाउनेछैनन् । इच्छुक संस्थापक सेयर धनीहरुले आज (बैशाख ७) गतेबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय गौह्रिधारामा सम्पर्क गर्न सक्ने छन् ।

सेयरका न्युनतम बिक्री मूल्य १२५ रुपैयाँ तोकिएको रहेको छ । लगानीकर्ताले खरिद गर्न चाहेको कित्ता संख्या अंक र अक्षरमा स्पष्ट लेखिनु पर्नेछ । यस्तै शिलबन्दी खाममा पनि आवेदकको नाम र सम्पर्क नम्बर पनि स्पष्ट लेख्नु पर्ने बैंकले जनाएको छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।