एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले बिहीबार (वैशाख ८ गते) बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।

कम्पनीले बैशाख १८ गते होटल क्लासिक सिमरा, बारामा साधारण सभा आह्वान गरेको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ८.५० प्रतिशत बोनस सेयर र ०.४४७ प्रतिशत नगद गरी कुल ८.९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

यस्तै सभामा कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँबाट बढाएर ६ अर्ब रुपैयाँ पुर्याउन प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।