रावा इनर्जीको आईपीओ वैदेशिक रोजगारीमा रहेकाले आजसम्म भर्नुपर्ने, स्थानीयको लागि म्याद थप


रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेकाले आजसम्म भर्नुपर्ने छ भने स्थानीयको लागि म्याद थप गरिएको छ ।

कम्पनीले चैत २३ गतेदेखि निष्काशन गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेकाले आज कार्यालय समयावधिसम्म आवेदन दिनुपर्नेछ भने स्थानीय बासिन्दाले बैशाख २४ गतेसम्म आवेदन दिनुपर्ने छ ।

कम्पनीले २ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ५६ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका निष्काशन गरेको थियो ।

सो आईपीओमा खोटाङ्ग जिल्ला केपीलासगडी गापा (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाविस) का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । स्थानिय बासिन्दाहरुले सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले आयोजना स्थल, सेञ्चुरी कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, प्रभु क्यापिटलले निर्माण गरेको अनलाईन लिङ्क मा गई आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ वैशाख २०८०, बिहीबार  ११ : ०३ बजे