सिटिजन्स बैंक १७ औं वर्षमा प्रवेश


सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १६ वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ । २०६४ बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको बैंकले करिव १५ लाख ५५ हजारलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ ।

आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कूल निक्षेप करिव १ खर्ब ६२ अर्व रुपैयाँ रहेकोमा कर्जा तर्फ १ खर्व ४३ अर्ब रुपैयाँ रहेको छ र यसै अवधिमा करिव १ अर्ब २४ करोड खुद मुनाफा गर्न सफल भएको छ ।

बैंकले १६ औं बार्षिकोत्सवको अवसरमा बैशाख ७ गते बिहानै सातवटै प्रदेशमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो । साथै बैंकले नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा सातवटै प्रदेशका कूल २७ स्थानबाट करिब ७२६ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम पनि गरेको थियो ।

यस्तै कोशी प्रदेश अन्तर्गत धरान शाखाले विराट मेडिकल कलेजको सहकार्यमा रेलवे चोक धरानमा निःशूल्क स्वास्थ्य शिविर समेत संचालन गरेको थियो । बैंकले भारतको मेदान्त मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहक महानूभावहरुलाई अस्पतालको सेवाशुल्कमा १५५ रुपैयाँसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । यस्तै बैंकले कार्ड लेस क्यास विथड्रल सेवा एवं Kiosk सेवामार्फत ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्टप्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्ने सुविधा सञ्चालनमा ल्याइसकेको छ ।

नयाँ प्रविधिलाई आत्म साथ गर्नुका साथै ग्राहकमहानुभावहरुको अमूल्य समयको सदुपयोगलाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ बैंकमा उपस्थित भई के.वाई.सी अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्यगर्दै ई.के.वाई.सी. सेवा समेत सञ्चालनमा ल्याईसकेको छ । बैंकले १६ वर्षको अवधि पार गरिसक्दा सातवटै प्रदेशमा गरी १८२ वटा शाखा स्थापना गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।