काठमाण्डौं महानगरले माग्यो एक सय नगर प्रहरी (सूचनासहित)


काठमाण्डौं महानगरपालिकाले एक सय जना नगर प्रहरीको माग गरेको छ । महानगरले नेपाल प्रहरी तर्फबाट ७३ र सशस्त्र प्रहरी तर्फबाट २७ जना गरी एक सय नगर प्रहरी माग गरेको हो ।

महानगरले आइतबार जारी गरेको सूचनामा गरी सात दिनभित्र प्रशासन विभागमा आवेदन दिन भनिएको छ । नेपाल प्रहरीको गत चैत १७ गतेको र सशस्त्र प्रहरीको च.न ७३९ को गृह मन्त्रालयमार्फत वैकल्पिक सूचीमा रहेकाले आवेदन दिन पाउने छन् ।

 वैकल्पिक सूची  काठमाण्डौं महानगरपालिकाको वेवसाइडमार्फत हेर्न सकिन्छ । वैकल्पिक सूचीमा रहेका इच्छुक उम्मेदवारले काठमाण्डौ महानगरपालिका प्रशासन विभागमा दरखास्त पेश गर्न सक्ने सूचनामा उल्लेख छ । दरखास्त दिँदा सूचीमा उल्लेखित दर्ता नम्बर खुलेको निवेदन र नागरिकताको प्रमाण पत्र पेश गर्नुपर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।