थ्रीस्टार हाइड्रोपावरको आइपीओ खुल्यो, कसले दिन पाउँछन् आवेदन ?


थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका १२ लाख ३१ हजार २५० कित्ता साधारण सेयर सर्वसाधारणको लागि निष्कासन गरेको छ ।

जसमध्ये १० प्रतिशतले हुन आउने ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ४ लाख ९२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको हो । यस्तै कम्पनीले सर्वसाधारणमा जारी गर्ने ७ करोड ३८ लाख ७५ हजार रुपैयाँ बराबरको ७ लाख ३८ हजार ७५० कित्ता बराबरको १० प्रतिशतले हुन आउने ७३ हजार ८७५ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको छ ।

आयोजना प्रभावित क्षेत्रमा बासिन्दाका लागि जारी हुने आईपीओमा खोटाङ जिल्लाको प्रभावित क्षेत्र हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ (साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गा.वि.स.) र दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ देखि ७ (साविकको याम्खा, डाडागाँउ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गा.वि.स.) का स्थानिय वासिन्दाले आवेदन दिन पाउनेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले न्यूनतम १० देखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्ताका लागि आवेदन दिन पाउनेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ताका देखि अधिकतम ७३ हजार ८७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ’इक्रा एनपी इस्यूअर रेटिङ्ग बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

कहिलेसम्म दिन पाइन्छ ?

कम्पनीको आइपीओमा स्थानिय बासिन्दाले आज बैशाख ११ गतेदेखि बैशाख २५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्म कम्पनीको आईपीओ बिक्री नभएमा भने निष्कासन अवधि जेठ २ गतेसम्म लम्बिने छ । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले उक्त कम्पनीको आईपीओमा बैशाख २५ गतेसम्म आवेदन दिनुपर्ने छ ।

कहाँबाट दिन सकिन्छ ?

उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सानिमा बैंक, राष्टिय वाणिज्य बैंक, ग्लोबल बैंक, ज्योति विकास बैंक, प्रभु बैंकको खोटाङ शाखा कार्यालय र थ्री स्टार हाइड्रोपावर लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको बारेमा

कम्पनीले प्रबर्धन गरिरहेको ६.६ मेगावाटको साप्सुप खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ६ लाख रुपैयाँ रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.२२ वर्ष रहेको छ भने डिष्काउण्टमा लगानी फिर्ता हुने अवधि ११.४३ वर्ष रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमति ३० वर्ष २ बाँकी रहेको छ ।

थ्रीस्टार हाइड्रोपावर एक पब्लिक कम्पनी हो । यो कम्पनीको आयोजना खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा छ । यो आयोजना २०७२ सालमा स्थापना भएको हो । आयोजनाको क्षमता कुल ६.६ मेगावाट छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।