नेपाल हाइड्रो डेभलपरको बोनस सूचीकृत


नेपाल हाइड्रो डेभलपर लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । हाइड्रोको चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर मंगलबार सूचीकृत नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचीकृत भएको हो ।

नेप्सेका अनुसार कम्पनीको १ लाख ५९ हजार ९६५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त सेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । सुचीकृत बोनस सेयर साधारण सभाका लागि तोकिएको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर काराेबार भइ कायम रहेका सेयरधनीले पाउनेछन् ।

उक्त बोनस सेयर र कर प्रयोजनका लागि ३२ करोड नगद लाभांश कम्पनीको २०७९ पुस २९ गते रिसारा रिसेस्नमा सम्पन्न भएको साधारण सभाबाट पारित भएको थियो । साधारण सभाका लागि कम्पनीले पुस ११ गते बुकक्लेज गरेको थियो । बुकक्लोजको अघिल्लो कारोबार दिन अनुसा पुस ७ गतेसम्म कायम सेयरधनीले मात्रै बोनस पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड ९९ लाख ३० हजार रुपैयाँ रहेको छ । १ करोड ५९ लाख ९६ हजार ५०० रुपैयाँ बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी ३३ करोड ५९ लाख २६ हजार ५०० रुपैयाँ पुग्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।