एनआईसी एशिया क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


एनआईसी एशिया क्यापिटल लिमिटेडले वित्तीय तथा पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौमा मंगलबार उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरुले सामूहिक लगानी कोष, सिस्टम्याटिक इन्भेष्ट प्लान (एसआइपी), को विशेषता, र एसआइपीमा सहभागि हुने तरिका तथा फाइदाहरुका बारेमा छलफल गरिएको थियो ।

यस्तै धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानी सम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरु र लगानी व्यवस्थापन सेवा लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी तथा छलफल गरिएको थियो । उक्त कार्यक्रममा ६० जना भन्दा बढी प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।