एनआईबीएल एस क्यापिटल र डियरवाक अटो सर्भिसबीच म्युचुअल फण्डमा लगानी गर्ने सम्झौता


एनआईबीएल एस क्यापिटल लिमिटेड र डियरवाक अटो सर्भिसबीच एनआईबीएल म्युचुअल फण्डमा लगानी गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस योजना अन्तर्गत, डियरवाक अटो सर्भिस प्रा.लि. का विभिन्न तहका कर्मचारीहरुले आफुले ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना मार्फत लगानी गर्न सक्नेछन् ।

उक्त सम्झौतामा डियरवाक अटो सर्भिस प्रा.लिका तर्फबाट कम्पनिका प्रमुख कार्यकारी अधिकृत दबे श्रेष्ठ र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट कम्पनीको म्युचुअल फण्ड प्रमुख पोस्कर बस्नेतले हस्ताक्षर गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।