पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३५ जनाको आवेदन माग (सूचनासहित)


पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक, प्राविधिक र प्रशासन सेवा तर्फका विभिन्न रिक्त पदहरूको लागि १३५ कर्मचारी माग गरेको छ ।

प्रतिष्ठानले उक्त पदहरुमा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्र्ने बताएको हो । प्रतिष्ठान सेवा आयोगले प्राज्ञिकतर्फ ४४ जना, प्राविधिक नर्सिङतर्फ ८९ जना, सामान्य प्रशासनतर्फ २ जनाका लागि विज्ञापन खुला गरेको छ।

अधिकृत पदको लागि २१ वर्ष तथा सहायक पदको लागि १८ वर्ष उमेर पूरा भएका र प्राज्ञिक सेवा तर्फ सहायक प्राध्यापक पदको लागि ४२ वर्ष, सह–प्राध्यापक पदको लागि ४५ वर्ष, प्राध्यापक पदका लागि ५० वर्ष, प्राविधिक सेवा तर्फ ४० वर्ष, प्रशासन सेवा तर्फ ३५ वर्ष उमेर ननाघेका योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बहालवाला स्थायी कर्मचारीहरूको हकमा उमेरको हद लाग्ने छैन ।

आवेदन फारम आज बैशाख ५ गतेदेखि जेठ ४ गतेसम्म खुला हुने छ । दोब्बर दस्तुरमा भने जेठ ११ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।