आँखुखोला जलविद्युतले २ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने


आँखुखोला जलविद्युत कम्पनीले चुक्ता पुँजीको २ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीको बैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले विद्युत नियमन आयोगमा पुर्व स्वीकृतिको लागी निवेदन गर्ने र अनुमती पश्चात साधारण सभामा पठाउने निर्णय गरेको हो ।

कम्पनीले कम्पनीले २० मेगावाट क्षमताको आँखुखोला –२ जलविद्युत आयोजनामा ६० प्रतिशत लगानी गर्न र बैंक ऋण तिर्न २ सय प्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीको चुक्ता पुँजी ८० करोड रहेको छ । कम्पनीले चुक्ता पुँजी ८० करोडको २ सय प्रतिशत अर्थात (एक सेयर बरावर नयाँ २ सेयर) को अनुपातमा १ अर्ब ६० करोड रुपैयाँको हकप्रद अनुमती माग गर्न भएको छ ।

कम्पनीले हकप्रद जारी पश्चात् ९६ करोड रुपैयाँ २० मे.वा क्षमताको आँखुखोला – २ जलविद्युत आयोजनामा स्वपुँजीको रुपमा लगानी गर्ने छ भने बाँकी रहेको रकमले आयोजना सञ्चालनको लागि लागेको बैंक ऋण तिर्ने जनाएको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ८६ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिसेयर आम्दानी १ रुपैयाँ ४४ पैसा कायम गरेको छ । 

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले धादिङ्गमा रहेको ८.४० मेगावाट क्षमताको आँखुखोला हाइड्रोपावरबाट २०७० भदौ ८ गतेदेखि ब्यावसायीक रुपमा बिजुली उत्पादन गर्दै आइरहेको छ । २ अर्ब ४२ करोड लागत रहेको उक्त आयोजनाको प्रतिमेगावाट लागत २८ करोड ८९ लाख रहेको छ । उच्च लागतका कारण कम्पनीमा गरिएको साधारण लगानी फिर्ता हुन नै आइपीओ निष्कासन पश्चात् कम्तिमा ८.९१ वर्ष र डिक्सकाउन्ट लगानी फिर्ता हुने अवधि २४ वर्ष रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।