हिजादेखि बन्द रहेको पृथ्वी राजमार्ग सञ्चालनमा


हिजो दिउँसोदेखि बन्द रहेको पृथ्वी राजमार्ग विहान ९:४५ देखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल भासिदा हिजो दिउँसोदेखि राजमार्गमा सवारी आवागमन अवरुद्द भएको थियो ।

दिउँसो वर्षा भएपछि पुलको धुनीबेँसी पट्टिको भाग भासिएको थियो । हिजो दिउँसो केही समय एकातर्फी भएको सवारी आवागमन दिउँसो ४ बजेदेखि पूरै सडक भासिएर आवागमन नै बन्द गरिएको थियो । राजमार्ग अवरुद्ध भएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

बाटो एकतर्फी मात्र सञ्चालनमा रहेकोले सहजता अनुसार हेटौँडा काठमाण्डौं र काठमाण्डौं नुवाकोट गल्छीको बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।