युएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा

0
Shares

नेपाल एसिया कपमा पुगेको छ । मंगलबार एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले २१ वर्षपछि एसिया कपमा स्थान बनाएको हो । नेपालले पहिलो पटक सन् २००२ मा एसिया कपमा स्थान बनाएको थियो ।

सिंगापुरमा भएको एसिसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपालले एसिया कपमा स्थान बनाएको थियो । त्यो समय फाइनल पुग्ने दुई टोली एसिया कपमा पुग्ने गर्दथे । उक्त फाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो । नेपाल एसिया कपमा पुगेपनि प्रतियोगितानै हुन सकेको थिएन ।

भारत र पाकिस्तानसँगको आन्तरिक विवादको कारण त्यो वर्ष एसिया कप नै हुन रद्द भएको थियो । त्यसकै कारण नेपाल एसिया कपमा पुगेर पनि खेल्न पाएको थिएन । त्यसपछि भने नेपालले एसिया कपमा स्थान बनाउन सकेको थिएन ।

एसिया कप २०२३ आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । नेपाल, भारत र पाकिस्तान एकै समूह ए मा छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोलीले सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कप एकदिवसीय विश्वकप अघि एसियाका टोलीलाई तयारीको रुपमा एसिसीले आयोजना गर्ने गर्दछ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।