काठमाण्डौं महानगरपालिकामा ७० नगर प्रहरी माग (सूचनासहित)


काठमाण्डौं महानगरपालिकाले पुनः ७० जना नगर प्रहरीको माग गरेको छ । बैशाख १० गते १०० जना नगर प्रहरीका लागि आवेदन माग गरिएकामा ३० जनालाई करार सम्झौता गरी काम लगाइने र बाँकी ७० जनाको लागि पुनः निवेदन आह्वान गरिएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

महानगरले नेपाल प्रहरी तर्फबाट ५६ र सशस्त्र प्रहरी तर्फबाट १४ जना गरी ७० नगर प्रहरी माग गरेको हो । महानगरले बुधबार जारी गरेको सूचनामा १५ दिनभित्र प्रशासन विभागमा आवेदन दिन भनिएको छ ।

दरखास्त दिँदा सूचीमा उल्लेखित दर्ता नम्बर खुलेको निवेदन र नागरिकताको प्रमाण पत्र पेश गर्नुपर्ने छ । वैकल्पिक सूची काठमाण्डौं महानगरपालिकाको वेवसाइडमार्फत हेर्न सक्नेछन् ।

यस्तै बैशाख १० गतेको सूचना अनुसार निवेदन दिएका ३० उम्मेदवारले आज बैशाख २० गतेदेखि ७ दिनभित्र नियुक्ति बुझ्न आउनुहुन समेत महानगरपालिकाले आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।