आरबिबि म्युचुअल फन्ड–२ को इकाईमा आवेदन दिने म्याद थप


आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले ‘आरबिबि म्युचुअल फन्ड–२’ को इकाईमा आवेदन दिने म्याद थप गरेकोे छ । बैशाख १७ गतेदेखि बिक्री खुला भएको फन्डको इकाईमा लगानीकर्ताले बैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले १० करोड २० लाख इकाई सर्वसाधारणका लागि खुला गरेको थियो । जसमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्मका लागि आवेदन दिन पाउनेछन् । प्रतिइकाईको मूल्य १० रुपैयाँ रहेको छ ।

लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, मेरो सेयरको वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्ने छन् । फन्डको व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । आरबिबि मर्चेन्ट बैंकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।