एमाले सचिव टोपबहादुरका छोरा सन्दीपलाइ आज काठमाण्डौं ल्याइँदै


पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज काठमाण्डौं ल्याइँदै छ ।

बुधबार बुटवलबाट पक्राउ गरिएका सन्दीपलाई आज काठमाण्डौं ल्याउन लागिएको हो । हिजो ल्याउने भनिएता पनि समय अभावका कारण ल्याउन नसकिएको र आज काठमाण्डौं ल्याउन लागिएको स्रोतले जनाएको छ।

उनीमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगेको आरोप लागेको छ । काठमाण्डौं जिल्ला अदालतले उनीसहित उनका बुवा टोपबहादुरविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।