यसरी हेर्नुस् डिभि लट्री २०२४ को नतिजा


यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डिभी) लट्रीको नतिजा सार्वजनिक गरेको छ ।

संयुक्त राज्य अमेरिकाले हरेक वर्ष सञ्चालन गर्दै आएको डाभर्सिटी भिसा कार्यक्रम अन्तरगत सन् २०२४ को लट्री नतिजा सार्वजनिक भएको हो ।

डिभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा  https://dvprogram.state.gov लगइन गरेर हेर्न सकिन्छ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य रहेको छ ।

डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क नमागिने अमेरिकी दूतावासले जनाएको छ । कतिपयले डीभीको नतिजा सार्वजनिक भएपछि नपरेकालाई पनि इमेलमा डीभी परेको भनेर म्यासेज गरि ठगी गर्ने गरेको गतिविधि हुने भएकाले त्यस्तोमा विश्वास नगर्न नेपालस्थित अमेरिकी दूतावासले सचेत गराएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।