मुलुकको आर्थिक विकासका लागि सवै मिलेर काम गरौंः अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको आर्थिक विकासकालागि सवै मिलि काम गर्नुपर्ने खाँचो औंल्याएका छन । खस्कँदो अर्थतन्त्रलाई उकास्न सम्वद्ध सवै पक्ष सँगै मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा २०८० बैशाख २४ गते आइतबार गएको महासँगको प्रतिनिधीमण्डलसँगको भेटमा उनले आर्थिक विकासकालागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढुनुपर्ने खाँचो औंल्याए ।

त्यसक्रममा मन्त्री महतले आर्थिक विकास र परिवर्तनका लागि राम्रा राम्रा योजना र सुझाव ल्याउन समेत आग्रह गरे । आफूले मुलुकको अर्थतन्त्रलाई नजिकवाट नियालीरहेको उल्लेख गर्दै सवै मिलेर अगाडि बढ्दा तिव्रत्तर विकासगर्न कठीन नहुने बताए । त्यसक्रममा उनले सुनचाँदी ब्यवसायमा देखिएको समस्या समाधानकालागि आवश्यक पहल गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।

मन्त्री महतसँगको भेटका क्रममा महासंघका तर्फवाट अध्यक्ष शाक्यले आर्थिक विकासमा सुनचाँदखी ब्यवसायीको भूमिकाका बिषयमा जानकारी गराए। त्यसक्रममा उनले सुनचाँदी क्षेत्रमा देखिएका समस्या समाधानकालागि पहल गर्न मन्त्री महतसँग आग्रह समेत गरे । अध्यक्ष शाक्यले सुनचाँदी कारोबार सम्वन्धी नीति, सुनको आपूर्ति लगायतका बिषयमा मन्त्री महतको ध्यानाकर्षण गराएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।