माथिल्लो कर्णालीमा जीएमआरलाई समय थप गर्ने सरकारी निर्णय सर्वोच्चद्धारा सदर

0
Shares

सर्वोच्च अदालतले माथिल्लो कर्णाली आयोजना निर्माणको अनुमती पाएको गान्धी मालिकार्जुन राव(जीएमआर)लाई २ वर्ष समय थप गर्ने सरकारको निर्णयलाई सदर गरेको छ । सर्वोच्चको संबैधानिक इजलासले आइतवार सरकारी निर्णय सदर गर्दै रिट नै खारेज गरेको हो ।

कामु प्रधानन्यायाधीश सहितको संबैधानिक इजलासले जिएएमआरलाइ २ वर्ष समय थप गर्ने सरकारी निर्णय विरुद्ध परेका ६ वटा रिट खारेज गर्ने फैसला गरेको छ । तर, सर्वाेच्चले रिट खारेजसँगै सरकारलाई निर्देशनात्मक आदेश पनि जारी गरेको छ । जीएमआर विरुद्धको रिट कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा सुनुवाइ भएको थियो ।

सरकारले माथिल्लो कर्णाली आयोजना निर्माणका लागि जीएमआरलाइ समय थप गरेको विरुद्ध पत्रकार जन्मदेश जैसी, पुर्व सासंद शरदसिहं भण्डारी र अधिवक्ता रतन भण्डारीले ६ वटा रित दयार गरेका थिए । सर्वाेच्चले पुस १८ गते माथिल्लो कर्णाली जलविद्युत आयोजना सम्बन्धी विवादको मुद्दालाई संवैधानिक इजलासमा पठाएको थियो । न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले गम्भीर संवैधानिक व्याख्याको प्रश्न देखिएको भन्दै संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजनालाई वित्तीय व्यवस्थापनका लागि भारतीय कम्पनी गान्धी जीएमआरलाई दुई वर्ष समय थप गरेको थियो । रिट निवेदकले कर्णाली राजमार्ग डुब्नेदेखि मानव अधिकार हननको विषयला समेत समावेश गरेर मुद्दा दायर गरेका थिए ।

सर्वोच्चले रिट खारेज गरेसंगै जीएमआरलाई आयोजना निर्माणका लागि आवश्यक लगानी जुटाउन बाटो खुलेको छ । माथिल्लो कर्णाली जलविद्युत आयोजनासँग जीएमआर सन २००८ देखि नै संलग्न छ । सन २०१४ सेप्टेम्बरमा लगानी बोर्ड र जीएमआरबीच दुई वर्षभित्र वित्तीय व्यवस्थापन गर्ने शर्त सहित परियोजना विकास सम्झौता भएको थियो ।

तर, जीएमआरले लगानीको स्रोत टुङ्गो लगाउन नसकेपछि सन २०१६ मा पुष्पकमल दाहाल नेतृत्वको सरकार र सन २०१७ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले यसको अवधि थपिदिएका थिए । थपिएको अवधिमा पनि जीएमआरले लगानीको वित्तीय व्यवस्थापन गर्न सकेन । सर्वोच्चले लगानी जुटाउने बाटो खुलाएको भएपनि जीएमआरले लगानी जुटाउने निश्चित भने छैन।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।