हिमाल दोलखाको हकप्रद मंगलबारसम्म कायम सेयरधनीले मात्र पाउने


हिमाल दोलखा हाइड्रोपावरको हकप्रद मंगलबारसम्म कायम सेयरधनीले मात्र पाउने छन् । हाइड्रोपावरले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बैशाख २७ गते बुक क्लोज गर्दैछ ।

जसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयर पाउने छन् । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट बैशाख १२ गते १० बराबर ७.५० कित्ता (७५ प्रतिशत) अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद निष्काशन गर्न अनुमति पाएको थियो ।

हाल हिमाल दोलखाको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । यो पुँजीमा ७५ प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।