गरिमाको बोनस सेयर वितरण

0
Shares

गरिमा विकास बैंक लिमिटेडको बोनस सेयर वितरण भएको छ । बैंकका अनुसार १६ औं वार्षिक साधारण सभाबाट पारित भएको बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा जम्मा जम्मा गरिएको हो ।

बैंकको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ २०७९ पुस ८ गतेसम्म सेयर अभौतिकीकरण गराएका कम्पनीका सेयरधनीको खातामा बोनस जम्मा गरिएको हो ।

पुस ८ गते पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा भने उक्त बोनस शेयर जम्मा हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । साथै हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुलाई आफूसँग रहेको सेयर अभौतिकीकरण गराई बोनस सेयर हितग्राही खातामा प्राप्त गर्न बैंकले आग्रह समेत गरेको छ ।

बैंकको पुस २२ गते सम्पन्न भएको १६ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज र सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भैसकेको छ ।

साथै पुस ८ गतेसम्म सेयर धितो बन्धक राखी कर्जा लिनु भएका सेयरधनीहरुको हकमा बोनस सेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाई सेयरधनीको हितग्राही खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भैसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न सेयरधनीलाई आग्रह गरेको छ ।

उक्त मिति पश्चात् रोक्का राखिएका सेयरधनीहरुको बोनस सेयर शेयरधनीको हितग्राही खातामा रोक्का नजनाई जम्मा हुने हुँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सेयरधनीहरुको सेयर रोक्कामा रहे–नरहेको यकिन गरी रोक्कामा राख्नुपर्ने भए बोनस सेयर समेत रोक्का गर्न आग्रह गरेको छ ।

यस्तै अघिल्लो आर्थिक वर्षमा बुझाउनुपर्ने लाभांश कर नबुझाएका सेयरधनीहरुमध्ये १६ औं वार्षिक साधारण सभाबाट पारित नगद लाभांशले समेत बुझाउनुपर्ने सम्पूर्ण कर रकम बुझाउन नपुग्ने सेयरधनीहरुले उक्त रकम जम्मा गरी बोनस सेयर प्राप्त गर्न बैंकले भनेको छ । नगद कर बुझाउनुपर्ने सेयरधनीहरुको विवरण गरिमा विकास बैंकको शाखा कार्यालयहरु तथा शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा सम्पर्क राखी वा एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाइटबाट प्राप्त गर्न सकिने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।