ईङवा हाइड्रोपावरको आईपीओ बाँडफाँडको नतिजा यसरी हेर्नुस्


ईङवा हाइड्रोपावर कम्पनीको आईपीओ सेयर निष्काशन तथा बिक्री प्रबनधक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालय ठमेलमा सेयर बाँडफाँड भएको छ । बैशाख १३ गतेदेखि १७ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँड भएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ १ लाख २६ हजार ८६३ जना आवेदकले १० कित्ताका दरले पाएका छन् भने ९ कित्ता सेयर त्यसमध्येबाट पनि पुन गोलप्रथाबाट थप एक\एक कित्ताका दरले वितरण गरिएको छ ।

ईङवा हाइड्रोपावर आईपीओ बाडँफाँड, कतिले पाए सेयर ?

लगानीकर्ताले विभिन्न चार स्थानबाट कम्पनीको आईपीओ नतिजा हेर्न सक्नेछन् । ती निम्नअनुसार रहेका छन् ।

१. सिडीएससीले आईपीओको नतिजा हेर्नकै लागि सञ्चालनमा ल्याएको वेबसाइट

२. बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको वेबसाइट

३. मेरो सेयरको वेबसाइटमा रहेको आईपीओ रिर्पोट

४. निष्कासनकर्ता कम्पनी ईङवा हाइड्रोपावर कम्पनीको वेवसाइट

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

कम्पनीले प्रबर्धन गरिरहेको माथिल्लो इङ्वाखोला साना जलविद्युत आयोजना (९.७ मेगावाट) को प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ रहेको छ ।

चालु आवकोे पुस मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी १ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.०३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ २५ पैसा रहेको छ । आगामी तीन आर्थिक वर्षपछि २०८१।८२ सम्म कम्पनीले सञ्चित नाफा २१ करोड १५ लाख ७१ हजार रुपैयाँ पु¥याउने प्रक्षेपण गरेको छ । सो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ २६ पैसा कायम गर्ने लक्ष्य रहेको छ ।

आयोजनाको कुल अनुमानित लागत भने १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र बहा अवधि ३१ वर्ष बाँकी रहेको छ। आयोजनाको लगानी फिर्ता हुने अवधि ५.५५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ९.४० वर्ष रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।