बिहीबार अधिकांश मुद्राको भाउ घट्यो


नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बुधबारको तुलनामा अधिकांश मुद्राको भाउ घटेको छ ।

बुधबार एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको अमेरिकी डलरको भाउ बिहीबार एकको खरिद दर १३० रुपैयाँ ८८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै आज युरोको भाउ खरिद दर १४३ रुपैयाँ ३६ पैसा र बिक्री दर १४४ रुपैयाँ ०२ पैसा रहेको छ । बुधबार युरोको भाउ खरिद दर १४३ रुपैयाँ ८१ पैसा र बिक्री दर १४४ रुपैयाँ ४६ पैसा रहेको थियो ।

अष्ट्रेलियन डलर हिजो एकको खरिद दर ८८ रुपैयाँ ५८ पैसा र बिक्री दर ८८ रुपैयाँ ९८ पैसा पुगेको थियो भने आज एकको खरिद दर ८८ रुपैयाँ ३८ पैसा र बिक्री दर ८८ रुपैयाँ ७८ पैसा पुगेका राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यता एकको खरिद दर १६५ रुपैयाँ २८ पैसा र बिक्री दर १६६ रुपैयाँ ०४ पैसामा कारोबार भएको बेलायती पाउण्ड आज खरिद दर १६५ रुपैयाँ ११ पैसा र बिक्री दर १६५ रुपैयाँ ८६ पैसामा कारोबार भइरहेको छ ।

उता कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ३६ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ४९ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ९० पैसा र बिक्री दर ३५ रुपैयाँ ०६ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।