‘ब्लेन्डेड फाइनान्सिङ’(मिश्रित लगानी) लगानीको ढाँचा अपनाएर वैदेशिक लगानी आकर्षित गर्नुपर्ने बताएका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकका सस्टेनेवलिटि बोण्डका एमडी तथा डिसिएम राजिब सेठले परम्पगत फाइनान्सिङ मोडलभन्दा ‘ब्लेन्डेड फाइनान्सिङ खालको मोडल अपनाएर वैदेशिक लगानी भित्राउनुपर्ने बताए ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेले नेपालको वैदेशिक लगानी सम्बन्धित कानुन दक्षिण एसियालीमुलकको तुलनामा लचिलो र राम्रो खालको भएकाले अन्तराष्ट्रिय लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न अनुरोध गरे । ‘हामीले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन समय सापेक्ष रुपमा तयार पारेका छौं,’ उनले भने‘ विदेशी लगानीकर्ताले नेपालमा ढुक्क भएर लगानी गर्न अनुरोध गर्दछु,’ उनले भने‘ नेपालमा वैदेशिक लगानी गर्ने लगानीकर्ताले आफ्नो देशमा सहजै रुपमा रकम फिर्ता लैजान सक्ने खालको पनि प्रावधान रहेको छ ।’
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया