श्रीलङ्काका आप्रवासी कामदारले चार महिनामा भित्राए १.८ अर्ब अमेरिकी डलर


श्रीलङ्काका आप्रवासी कामदारले सन् २०२३ को पहिलो चार महिनामा १.८ अर्ब अमेरिकी डलरभन्दा बढी रकम पठाएका छन् ।

श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले शनिबार सो जानकारी गराएका छन् । मन्त्रीका अनुसार कामदारले अप्रिलमा ४५४ मिलियन डलर पठाएका छन् जुन अप्रिल २२ मा रेकर्ड गरिएको प्रवाहको तुलनामा ८२.४ प्रतिशतले बढी हो ।

त्यसैगरी २०२१ र २०२२ का लागि आधिकारिक तथ्याङ्क क्रमशः ५.४९ बिलियन डलर र ३.८ बिलियन डलर थिए । प्रवासी कामदारको विप्रेषण श्रीलङ्काका लागि राजस्वको मुख्य स्रोत हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।