इसेवा मनि ट्रान्सफर चौँथो वर्षमा प्रवेश


इसेवा मनी ट्रान्सफरले तीन वर्ष पुरा गरेको छ । तीनवर्ष अघिदेखि नेपालकै अग्रणी फिनटेक कम्पनी–एफवान सफ्ट गु्रप अन्तर्गत कार्य संचालन गर्दै आएको डिजिटल रेमिट्यान्स कम्पनी चौँथो वर्षमा प्रवेश गरेको हो ।

यस रेमिट्यान्स कम्पनीले हाल संसारका दुई सय भन्दा बढी मुलुकबाट ३० वटा भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आइरहेको छ ।

कार्य संचालनमा आएसँगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै “मेरो पहिलो रोजाइ” नारा बोकेर अघि बढेको यस रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिट्यान्स भित्राउँदै आएको छ ।

त्यस्तै, इसेवा मनी ट्रान्सफर मार्फत ६१ लाख भन्दा बढी प्रयोगकर्ताको सञ्जाल इसेवा वालेटमा पनि विदेशमा रहेका नेपालीहरुले सहजै पैसा पठाउन पाएका छन् । त्यस्तै, कम्पनीले आफ्ना एजेण्ट नेटवर्कलाई पनि व्यापक मात्रामा वृद्धि गर्दै देशभरि आफ्नो सेवा पुर्याई सकेको छ । हाल, यस कम्पनीका मुलुकभर १२ हजार भन्दा बढी संख्यामा एजेण्ट नेटवर्क रहेका छन् जसबाट ग्राहकहरुले विदेशबाट आएको रकम तुरुन्तै पाउन सकिन्छ ।

यति मात्र नभएर देशका कुना–कुनासम्म रहेका इसेवाका १ लाख १२ हजार एजेण्ट क्यास पोइन्ट मार्फत पनि उपभोक्ताले इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवाको लाभ उठाइरहेका छन् । तेस्रो वार्षिकोत्सवको अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत–अजेस कोइरालाले तीन वर्षमै इसेवा मनी ट्रान्सफरले छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर पहिलो रोजाइ बन्न सफल खुशी र उत्साहित भएको बताए ।

उनले भने, ‘सबैको पहिलो रोजाइ बनेर बैधानिक रुपमा डिजिटल माध्यमबाट कम शुल्कमा रेमिट्यान्स ल्याई हरेक विदेशिएका नेपाली र उनीहरुको परिवारमा खुशी ल्याउनु नै आगामी दिनहरुमा हाम्रो मूल लक्ष्य रहने छ ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।