बङ्गलादेशले प्रतिबन्ध लगाउने देशबाट कुनै सामान खरिद नगर्ने


बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफूमाथि प्रतिबन्ध लगाउने देशबाट बङ्गलादेशले कुनै पनि सामान खरिद नगर्ने बताएकी छन् ।

बङ्गलादेशको इन्स्टिच्युट अफ इन्जिनियर्स, बङ्गलादेश (आईईबी) को ६०औँ अधिवेशनको शनिबार ढाकामा उद्घाटन गर्दै प्रधानमन्त्री हसिनाले उक्त कुरा बताएकी हुन् ।

उनले भनिन्, “अहिले आतङ्कवाद नियन्त्रण गर्नेहरूमाथि प्रतिबन्ध लगाउने प्रवृत्ति देखिएको छ । हामीले एउटा निर्णय गरेका छौं । मैले भनेको छु कि हामी प्रतिबन्ध लगाउनेहरूबाट केही पनि किन्ने छैनौ,” प्रधानमन्त्रीले भनिन् ।

हसिनाले यसअघि बङ्गलादेशको विशेष सुरक्षा बल एकाइ, र्‍यापिड एक्सन बटालियन (आरएबी) का अधिकारीहरूमाथि अमेरिकी प्रतिबन्धको निन्दा गर्दै यो कदम ‘अत्यन्त निन्दनीय कार्य’ भएको बताएकी थिइन् । उनले दक्षिण एशियाली मुलुकले आतङ्कवाद र आतङ्कवादी प्रवृतिलाई नियन्त्रण गर्ने प्रयासमा अभिजात वर्गले ठूलो योगदान पु¥याएको बताइन् ।

डिसेम्बर २०२१ मा, अमेरिकी ट्रेजरी विभाग र विदेश विभागले आरएबी र यसका सात बहालवाला र पूर्व शीर्ष अधिकारीहरूमाथि मानव अधिकार उल्लङ्घन गरेको भन्दै प्रतिबन्धको घोषणा गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ जेठ २०८०, सोमबार  ०७ : ३४ बजे