एनआइसी एशिया बैंकको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


एनआइसी एशिया बैंकले ३ लाख ४५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको ३ लाख ४५ हजार ६८० कित्ता सेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्रीमा ल्याएको हो ।

इच्छुक संस्थापक सेयरधनीहरुले आज जेठ २ गतेदेखि जेठ ९ गतेसम्म आवेदन दिन सक्ने छन् । यो पटकको लिलामीमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । संस्थापक सेयरधनीबाट उक्त कित्ता खरिद नभएमा भने सर्वसाधारणका लागि सेयर बिक्री गरिने छ ।

शिलबन्दी बोलपत्र आह्वानको फारम बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाण्डौंबाट प्राप्त गर्न सकिने छ । सेयरको न्यूनतम मूल्य ३६५ रुपैयाँ तोकिएको छ ।

आवेदकले न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम ३ लाख ४५ हजार कित्ताका लागी आवेदन दिन सक्नेछन् । बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको सेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ ।

बोलपत्र आवेदन पेश गर्दा एनआइसी एशिया बैंक लिमिटेड, सेयर खरिद आवेदन अनिवार्य लेख्नुपर्ने छ । बोलपत्र दाखिला गरिसकेपछि सेयर बोलपत्रमा कबोल गरेको सेयर संख्या वा रकममा कुनै हेरफेर गर्न पाइने छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।