कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा


कुमारी बैंकले ८६ हजार ७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी शशी कार्कीको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । आम सर्वसाधरणले भने यस पटकको लिलामीमा खरिद आवेदन दिन पाउनेछैनन् ।

संस्थापक सेयरभनीहरुबाट उक्त सेयर खरिद नभएमा आज सवृसाधारणको लागी बिक्री खुला गर्ने बैंकले जनाएको छ । सेयर खरिद गर्न चाहनेले आज जेठ २ गते मंगलबारदेखि ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल र कुमारी बैंकको प्रधान कार्यालय टंगालमा वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् ।

सेयर बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।