जानकी फाइनान्सले संस्थापक सेयर बिक्री गर्दै


जानकी फाइनान्स लिमिटेड कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले दुई जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ३३ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले मंगलबार छुट्टाछुट्टै सूचना जारी गरी अशोक कुमार जालानको नाममा रहेको ७५ हजार र अशोक कुमार साहको नाममा रहेको ५८ हजार संस्थापक सेयर बिक्री गर्ने जनाएको छ ।

सेयर खरिदको लागि संस्थापक सेयरधनीलाई प्राथमिकतामा राखिएको छ । संस्थापक सेयरधनीमा उक्त कित्ता सेयर बिक्री नभएमा भने आम सर्वसाधारणका लागि बिक्रीमा ल्याउने प्रक्रिया अघि बढाइने बताइएको छ ।

सेयर खरिदका लागि इच्छुक संस्थापक सेयरधनीले आज जेठ २ गतेदेखि ३५ दिनभित्र वित्तिय संस्थाको कम्पनी सचिव कार्यालयमा सम्पर्क गर्न सक्ने छन् । लगानीकर्ताले आवेदन दिँदा के कति कित्ता खरिद गर्ने हो सोको विवरण खुलाई आवेदन दिनु पर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।