बाइडेन र प्रतिपक्षी नमिल्दा आन्तरिक कर्जाको सिलिङ बढेन,अमेरिकी अर्थतन्त्र टाट पल्टिने सम्भावना बढ्दै

0
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकी तल्लो सदनका सभामुख केबिन म्याक्रथीबीच आन्तरिक कर्जाको अधिकतम सीमा बढाउने विषयमा सहमति नजुट्दा अमेरिकी अर्थतन्त्र संकट उन्मुख बनेको छ ।

अमेरिकी वाणिज्य विभाग प्रमुख जेनेट एलेनले मे १ मा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई पत्राचार गरी अमेरिकी राजस्व खाताको रकमले जुन २ तारिख सम्मका लागि मात्रै सरकारको खर्च भुक्तानी गर्न पुग्ने जानकारी दिँदै कर्जाको सीमा बढाउन आग्रह गरेकी थिइन् ।

एलेनको पत्रलाई सम्बोधन गर्दै राष्ट्रपति जो बाइडेनले मे ९ तारिखमा प्रतिपक्षी पार्टीका नेता तथा अमेरिकी तल्लो सदनका सभामुख केबिन म्याक्रथी, डेमोक्रेटिक सदनका नेता हाकिम जेफ्री, सेनेट मेजोरिटी लिडर चक स्कुमर र सेनेट माइनोरिटी लिडर मिच म्याकनेलसँग बैठक बसेका थिए । तर उक्त बैठकमा आन्तरिक ऋणको अधिकतम सीमा वृद्धि गर्ने विषयमा बाइडेन र म्याक्रथीबीच सहमति जुट्न सकेन । जसकारण आन्तरिक ऋणको सीमा बढाउने निर्णयमा अमेरिकी कंग्रेस पुग्न सकेको छैन ।

मे १५मा राष्ट्रपति कार्यालय हवाइट हाउसमा दोस्रो पटक पत्राचार गर्दै जेनेट एलेनले यथाशीघ्र कर्जाको अधिकतम सीमा बढाउन आग्रह गरेकी छिन् । रिपब्लिकन पार्टीका नेता केबिन म्याक्रथी र राष्ट्रपति जो बाइडेनबीच यथाशीग्र सहमति नभएमा अमेरिकी अर्थतन्त्र टाट पल्टिने एलेनले बताएकी छिन् ।

यहि बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन जापानमा हुन लागेको जी७ लिडर्स समिटमा सहभागी हुन जापान जाँदै छन् । जापान पछि बाइडेन एक हप्ताका लागि अष्ट्रेलिया भ्रमणमा व्यस्त रहनेछन् ।

तसर्थ जो बाइडेनलाई देशको अर्थतन्त्रको अवस्था र आन्तरिक कर्जाको अधिकतम सीमा नबढाए अमेरिकी अर्थतन्त्रले भोग्नु पर्ने भवितव्यको बारेमा जानकारी गराउँदै एलेनले दोस्रो पटक पत्राचार गरेकी छिन्।

सोमबार बसेको बैठकमा समेत म्याक्रथी र बाइडेनबीच सहमति जुट्न सकेको छैन। बाइडेनले बैठकपछि वार्ता सफल रहेको र छिटै वार्तामा आउने बताएका छन् भने म्याक्रथीले बैठकमा कुनै सहमति जुट्न नसकेको बताउदै सहमतिमा आउन धेरै समय लाग्ने जनाएका छन् ।

हाल अमेरिकाको कुल आन्तरिक ऋणको अधिकतम सीमा ३१ खर्ब ४० अर्ब अमेरिकी डलर रहेको छ । सन् २०२३ को जनवरी महिनामा नै अमेरिकाले ऋणको उक्त सीमा छोएको थियो । बाइडेनले आन्तरिक ऋणको सीमा वृद्धि तथा सीमा हटाउनका लागि प्रस्ताव गरिरहेका छन् । तर उनको प्रस्ताव रिपब्लिकन पार्टीका नेताहरुले स्वीकार गरेका छैनन् ।

रिपब्लिकन पार्टीका नेताहरुले आन्तरिक ऋणको सीमा बढाउँदा राज्यले खर्च कटौती गर्नुपर्ने शर्त राखेका छन् । बाइडेनले प्रतिपक्षीको उक्त शर्तले शिक्षा क्षेत्रमा, नागरिकहरुको सुरक्षामा खर्च भइरहेको अर्बौ रकम कटौती हुने धारणा राख्दै रिपब्लिकनको निन्दा गरिरहेका छन् । जसकारण दुई पक्षबीच सहमति नहुँदा अमेरिकी अर्थतन्त्र नै टाट पल्टिने अवस्थामा पुग्ने जिकिर एलेनले बारम्बार दोहो¥याउदै आएकी छिन् ।

अमेरिकी अर्थतन्त्र संकट उन्मुख, रित्तियो ढुकुटी, अर्को मन्दीको चेतावनी

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।