कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा


कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले ४ जना सेयरधनीको नाममा रहेको १९ हजार ७ सय कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

लघुवित्तको उक्त सेयरमा आम सर्वसाधारणले पनि आवेदन दिन पाउने छन् ।

लघुवित्तले राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक सेयरधनीलाई सेयर बिक्रीका लागि पहिलो प्राथमिकता दिएको थियो । तर ३५ दिनभित्र पनि कुनै आवेदन नपरेको भन्दै लघुवित्तले आम सर्वसाधारणमा सेयर निष्काशन गरेको हो ।

उक्त सेयरमा आम सर्वसाधारणले आज बैशाख ४ गतेदेखि १५ दिन भित्र वित्तिय संस्थाको केन्द्रिय कार्यालय पोखरा कास्कीमा आवेदन दिनुपर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।