एनआईसी एशिया क्यापिटलको खल्ती जात्रा अफर: डिम्याट खाता र अरु सेवामा कति छुट ?


एनआईसी एशिया क्यापिटलले “खल्ती डिजिटल वालेट” को खल्ती जात्रामा आफ्ना सेवाग्रहीलाई छुट दिने भएको छ ।

२०८० जेठ १ गतेदेखि २०८० असार मसान्तसम्म चल्ने उक्त जात्रामा क्यापिटलले आफ्ना ग्राहकहरुलाई छुट सहित अफर योजनाहरु सार्वजनिक गरेको हो ।

जसमा क्यापिटलले आजीवन डिम्याट खाता नबीकरणको शुल्कमा १० प्रतिशत क्यासव्याक दिने जनाएको छ । त्यसैगरी अनलाइनबाट डिम्याट खाता खोली खल्ती एपबाट रकम भुक्तानी गर्दा शतप्रतिशत क्यास व्याक दिने जनाएको छ ।

वार्षिक डिम्याट खाता नबीकरण गर्ने २५ जनालाई शतप्रतिशत क्यासव्याक, ५० जनालाई ५० प्रतिशत क्यासव्याक र १०० जनालाई ३० प्रतिशत क्यासव्याक दिने क्यापिटलले जनाएको छ ।
आजीवन मेरो सेयर लिने तथा नबीकरण गर्नेहरुले ५ प्रतिशत क्यासव्याक पाउनेछन् ।

सेयर बजार ओरालो लाग्दा चिन्तित हुनुहुन्छ ? एसआइपीमा गर्न सकिन्छ सुरक्षित लगानी

त्यसैगरी खुलामुखी योजना “एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड” को व्यवस्थित लगानी योजनामा जेठ १ देखि असार मसान्तसम्ममा आबद्ध हुनेहरु र यो अवधिमा एसआईपीको भुक्तानी गर्नेहरुलाई ५०० रुपैयाँ बराबरको बुष्टर उपलब्ध गराइने क्यापिटलले जनाएको छ ।

साथै यो योजनामा सहभागी हुनका लागि कम्तीमा २ हजार रुपैयाँ मात्र शुल्क लाग्ने क्यापिटलले जनाएको छ ।

लगानी व्यवस्थापन सेवा (पीएमएस) अन्तर्गत ५ लाख वा सोभन्दा बढीको लगानी गर्नेहरुलाई वार्षिक व्यवस्थापन शुल्क २ हजार ८० रुपैयाँ मात्र लाग्ने क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।