तीन दिनभित्र बक्यौता रकम तिर्न पशुपति क्षेत्र विकास कोषको निर्देशन


पशुपति क्षेत्र विकास कोषले आफ्नो मातहतमा रहेका पसल सञ्चालकलाई बक्यौता रकम बुझाउन निर्देशन दिएको छ ।

कोषले सूचना प्रकाशित गर्दै तीन दिनभित्र कोष व्यवस्थापन शाखामा सम्पर्क गरी अनिवार्य बक्यौता रकम बुझाउन निर्देशन दिएको हो ।

भण्डारखाल, अमालकोट कचहरी र लामपोखरी चाबहिलस्थित पसल कवलहरु (सटर), सुमार्गी भवन र सुमार्गी भवन अगाडिका पसल कवलहरु, सोभिनयर पसल कवलहरु, भण्डारखाल पार्किङ, उमाकुण्ड पार्किङ, वनकालीस्थित ‘बि ११’ मा रहेको पार्किङ र कोषबाट सम्झौता गरी भाडामा लगाइएका अन्य बाँकी पसलहरुले कर दाखिला गर्न बाँकी रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

तोकिएको समयमा बक्यौता रकम नतिरेमा पसलका सटर तथा पार्किङ सञ्चालकहरूलाई कालोसूचीमा राख्नुका साथै सम्बन्धितको चल अचल सम्पत्ति पनि जफत गर्ने चेतावनी दिएको छ । कोषले यसअघि पनि गत वर्ष फाल्गुन २४ र गत वैशाख ७ गते पनि बक्यौता रकम तिर्न आग्रह गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।